गणेश शर्मा
बागलुङ, जेष्ठ ०२ । जैमिनी नगरपालिका,६ मा अवस्थित जनकल्याण मा.वि.का १४४ जना विद्यार्थीहरुलाई पोषाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको “क” बर्गको लक्ष्मी बैंकले हरेक बर्ष आर्थिक तथा सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तर्गत जनकल्याण माबिलाई छनोट गर्दै बैशाख अन्तिमसाता एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई ट्राकसुट वितरण गरिएकाे हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक ओमकार आचार्यले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक हरि आचार्यको रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिशा भुवाजीले श‌‌ैक्षिक सामग्री वितरण तथा वित्तीय कक्षा सञ्चालन गर्ने वातावरण बनाउने अभियान्ता र बैंक परिवारलाई लगायतलाई धन्यवाद व्यक्त गरेकी थिईन ।

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी बैंक बागलुङका शाखा प्रमुख सुवास पन्तले विद्यार्थीकाल बाटै खर्च, बचत, ब्यबस्थापन जस्ता वित्तीय क्रियाकलाप बारे जानकार हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका विशेष अतिथि युवा समाजसेवीको स्वच्छ छबि बनाएका जैमिनी नगरपालिका ६ अर्जेवाका बुद्धिजीवी प्राध्यापक मुकुन्द केसीले ग्रामिण भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउन आफ्नो दिलोज्यान लगाउने, सामुदायिक बिद्यालयको स्तरोन्नति गरेर मात्रै नेपाललाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन सकिने तथा पढेर नेपालमा नै केही गर्न सकिन्छ भन्ने मानसिकता बिद्यालय स्तरबाट नै विद्यार्थीको दिल,दिमागमा भर्न आवस्यक रहेको र यस कार्यमा सबैको साथ, सहयोगको लागि आग्रह गरेका थिए । साथै उनले बिद्यालय केन्द्रीत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यस्तै अतिथिहरु जैेमिनी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण थापा,वडा न ७ का वडा अध्यक्ष केन्द्र रसाईली,युवा नेता तथा ब्यबसायी श्रीकृष्ण पौडेलले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा जैमीनीका समाजसेवी शैलेस पुन,समाजसेवी अम्मर बहादुर थापा,बि.अ.स अध्यक्ष राजु पौडेल,समाजसेवी बलबहादुर केसी,तुलबहादुर थापा,देउरुपी थापा,हर्कबहादुर थापा,अमलाचौर निवासी समाजसेवी रमेश लामिछाने लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

युवा समाजसेवी, बुद्धिजीवी प्राध्यापक मुकुन्द केसी तथा युवा उद्यमी पत्रकार प्रकट कुमार शिशिरले उक्त कार्यक्रमको पहल तथा संयोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार