काठमाडौं, २१ असोज । नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्।

उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।

उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार