गणेश  शर्मा
काठमाडौं ,फाल्गुन ०१ । नेपाल कम्यूनिष्ट पार्टि एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन आगामी फाल्गुण २ देखि ४ गते सम्म काठमाडौंमा हुँदैछ ।

अन्तराल पछि हुन लागेको महाधिवेशनमा नयाँ पुस्ता देखि संगठनमा दशकौं काम गरेको पुरानो पुस्ता सम्मको सहभागिता हुने देखिएको छ । महाधिवेशनको सरगर्मी बढेसगै नेतृत्वमा होडबाजी सुरु भएको छ । नेतृत्वमा दाबि गरेका उम्मेदवारहरु मध्य केहि उम्मेदवार यस्ता छन जो लामो समय सम्म संगठनले दिएको जिम्मेवारीमा आफ्नो कार्यकौशलतालाई उत्कृष्ट रुपमा प्रस्तुत गरि नेतृत्वको अनुभव मात्रै बटुलेनन् बिद्यार्थीमाझ लोकप्रिय समेत बनेका छन । त्यस्तै एक नेता हुन अखिलको आगामी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका सुरेश भट्टराई ।

भुमिकास्थान नगरपालिका, १० धन्चौर,अर्घाखाँची निवासि भट्टराई सानै उमेर देखि बिद्यार्थी राजनितिमा आबद्ध भएका थिए । बि.सं २०५८ सालमा गाँउकै जनजागृति माबिमा अखिलको सप्राकको अध्यक्ष बनेर आफ्नो राजनितिलाई सुरुवात गरेका उनी २०६३ सालमा राजधानीको त्रिचन्द्र बुहुमुखि क्याम्पसमा बिज्ञान संकायमा भर्ना भएका थिए । उनले अध्ययन सँगसँगै अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटिकोे सदस्य बन्दै आफ्नो राजनितिलाई अगाडि बढेका थिए । क्याम्पस राजनितिमा रहँदा बिद्यार्थीहरुले भोगका समस्यालाई समाधान गर्न अब्बल भुमिका खेलेका भट्टराई २०७० सालमा अखिलको केन्द्रिय प्रशिक्षण बिभाग सचिव चुनिएर केन्द्रिय राजनितिमा आफ्नो उपस्थिति मात्रै देखाएनन् संगठन प्रतिको लगाब, मेहनत,कार्यकौशलता कै कारण हाल अखिलको केन्द्रिय सचिवालय सदस्य सहित प्रकाशन बिभाग उपप्रमुखको जिम्मेवारी समेत प्राप्त गर्न सफल रहे ।

तपाईको उम्मेदवारी किन भन्ने प्रश्नमा उनले बिद्यार्थी राजनितिले शैक्षिक मुद्दाहरु मात्रै हेर्दैन यसले त राज्यका तर्फबाट गरिने अन्तर्राष्ट्रिय सन्धि सम्झौता,राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिघटनाको विकसित अबस्था,राज्यका नीति, नियम, ऐन, कानुन लगायतको समग्र राजनीति मै प्रत्यक्ष चासो र सरोकार राख्छ र राख्नुपर्छ । जसले जनताको दैनिकि सँग प्रत्यक्ष रुपमा प्रभाव पारेका हुन्छन । बिद्यार्थी यो समाजको त्यस्तो तप्का हो जसले समकालीन राजनीतिको दूरगामी प्रभाव र असरको बिशिष्ट विश्लेषण गर्ने क्षमता वा ल्याकत राख्छ । त्यसैले परिवर्तनका संवाहकको रुपमा रहेका बिद्यार्थीहरुमा राजनिति प्रतिको बितिष्णा किन आयो भन्ने प्रश्नको उत्तर खोज्नु र बिद्यार्थीमा राजनितिको सकरात्मक चेतको बिकास गर्नू आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

“बिद्यार्थी साथिहरुलाई परेको अप्ठ्यारोमा काधमा काध मिलाउदै हातेमालो गरेको छु । निरन्तर  संगठन प्रती कटिबद्ध रहि आफ्नो जिम्मेवारी पूरा गरेको छु । बिगतका अनुभवहरु केन्द्रिय समितीमा राख्दै आगामी दिनमा संगठनलाई सबल,सक्षम र गतिशिल बनाउन मेरो भुमिका खोजेको छु, संस्थागत सुदृढीकरण, क्षमता बिकास, बिद्यार्थीहरुको अधिकार स्थापना गर्न लागि यसपटक सचिवमा मेरो दाबी रहनेछ” भट्टराईले संचारडायरी डटकमलाई बताए ।

बिद्यार्थीहरु सँग प्रत्यक्ष रुपमा जोडिएका मुद्दाहरुको पक्षमा बोल्ने नेताहरुको सुचिमा सबल,सक्षम, निडर र कुशल संगठकको छवि बनाएका भट्टराई संगठन भित्र निकै लोकप्रिय मानिन्छन । संगठनका निम्ति अहोरात्र खटिरहेको,आजसम्म स्वच्छ छबि रहेको र नेतृत्वको लागी सबै बिधामा सक्षम र अब्बल देखिएकोले सचिवमा भट्टराईको बलियो सम्भावना देखिएको एक नेताले बताए ।

साथै उनले जिल्ला, प्रदेश र बिभागीय अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति र राष्ट्रिय महाधिबेशनमा उपस्थित प्रतिनिधीहरुलाई बधाई दिदै संगठनको लागि केन्द्रिय नेतृत्वमा रहि काम गर्ने आफ्नो दृढ इच्छा रहेको हुँदा त्यो अवसर प्रदान गर्नुहुन सम्पुर्ण प्रतिनिधिहरुमा आग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार