गणेश शर्मा
काठमाडौं,फाल्गुण २९ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अब ३ खेल बाकी रहेका छन । १४१ खेल मध्य आज नेपालले १३८ औं खेल पपुवा न्युगिनी सँग खेल्दैछ ।
बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पपुवा न्युगिनी माथि जितको सिलसिला कायम राख्दै सोझै विश्वकप छनोट खेल्ने तरखरमा हुनेछ । ३६ खेल मध्य ३४ खेल खेलिसकेको नेपालले १७ मा जित र १५ मा हार सहित ३६ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ । आगामी दुई खेलमा जित निकाल्न सके ४० अंक बटुल्दै ३९ अंक सहित तेश्रो स्थानमा रहेको नामाबियालाई पछि पार्दै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्नेछ । आइतबार युएईलाई १७७ रनले पराजित गरि नेपालले चौथो स्थानमा रहँदै २०२७ सम्मको लागि ओडिआई मान्यता भने पक्का गरेको छ।
३४ खेलमा ५ मा जित र २८ मा हार सहित ११ अंकका साथ पुछारमा रहेको पिएनजीले प्लेअफ खेल्ने पक्का सगै सोझै ओडिआई मान्यता पनि गुमाएको छ । पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके ओडिआई मान्यता निरन्तरता पाउनेछ भने प्लेअफमा शिर्ष २ मा रहन सके बिश्वकप छनोट खेल्नेछ ।