काठमाडौं, फाल्गुन १७ । भारतको इन्डोरमा आजबाट सुरु तेस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलिया विरुद्ध पहिलो पारीमा १ सय ९ रनमा अलआउट भएको छ ।
घरेलु टोली भारतका लागि विराट कोहलीले सर्वाधिक २२ रन बनाए भने ओपनर शुभमन गिलले २१ रनमा आउट भए । शिखर भारत र उमेश यादवले समान १७/१७ रन बनाउँदा कप्तान रोहित शर्माले १२ रन बनाए । अक्षर पटेल भने १२ रनमा अविजित रहे ।
बलिङमा सानदार प्रदर्शन गरेको पाहुना टोलि अष्ट्रेलियाका लागि म्याथ्यु कुनहाम्यानले ९ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए भने नाथन लायनले ३ तथा टोड मुर्फिले १ विकेट लिए । भारतले अन्तिम विकेट भने रनआउटको रुपमा गुमाएको थियो ।
पहिलो दिनको दोश्रो सत्र चलिरहदा अष्ट्रेलियाले मजबुत सुरुवात गरेको छ । पहिलो पारिमा ब्याटिङ गरिरहेको अष्ट्रेलियाले २१ ओभरमा ६९ रन जोड्दा १ विकेट गुमाएको छ । ओपनर खवाजा ३१ तथा मार्नस लबुसेन १६ रनमा अबिजित छन । ओपनर ट्रेभिस हेड ६ बलमा ९ रनमा आउट भए ।
चार खेलको टेस्ट सिरिजमा घरेलु टोली २-० ले अघि रहेको छ ।