काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ४५ दिनका लागि ५ अर्ब रूपैयाँ कर्जा सापटी दिने भएको छ । बजारमा तरलता अभाव भएसँगै सोको सहजताका लागि केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन कर्जा सापटी दिने भएको हो ।

पुस १४ गते अर्थात् बिहीबार जारी हुने रिपोका लागि बुधबार नै सार्वजनिक बोलकबोल हुने बैंकले सूचनामार्फत जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस १४ गते दिउँसो २ बजेसम्म आवश्यक रिपोका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । रिपोको बाँडफाँड भने बिहीबार दिउँसो सवा २ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार