काठमाण्डौ, कात्तिक १७ । जनताको न्यूनतम पुर्वाधार छाना, खाना, नाना तथा स्वास्थ्य शिक्षा सुरक्षाको लागि आफ्नो निर्वाचन क्षेत्रलाई चितवनकै नमुना स्थान बनाउने स्वतन्त्र राजनितीक शक्तिका उमेद्वार युवा अर्थशास्त्री तथा शिक्षाविद रामशरण त्रिपाठीले उद्घोष गरेका छन ।
चितवन क्षेत्र नं. २ क मा घरदैलो अभियानका क्रममा उमेद्वार युवा अर्थशास्त्री तथा शिक्षाविद त्रिपाठीले आफ्नो क्षेत्रका जनतालाई न्युनतम पुर्वाधारको सहजतामा अव युवा पिढीको नयाँ सोच र परिवर्तनले मात्र संभव हुने बताएका हुन ।
अब युवा पुस्ताले आउने निर्वाचनमा एक कार्यकाल सकेका नेता भन्दा स्पष्ट सोच विचार र योजना सहित आउने व्यक्तिलाई कसैको लोभ लालच आश्वासन, धम्की तथा प्रलोभनमा नपरी निष्पक्ष रुपमा हाम्रालाई भन्दा राम्रालाई मतदान गर्नुहुन आम जनतालाई अनुरोध गरेका छन ।
अर्थशास्त्रमा एमफिल गरेका तथा विगत डेढ दशकदेखि शिक्षा क्षेत्रमा कृयाशिल रहेका त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रमा जनमुखी कानुन तथा निती निर्माण गर्न एवंम चितवन जिल्लाको आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भुमिका समेत खेल्ने बताए । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने उनको भनाइ रहेको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गरेको स्वतन्त्र राजनितीक शक्तिबाट आमा चुनाव चिन्ह लिएका उमेद्वार त्रिपाठी मंसिर ४ गते हुने आम निर्वाचनमा होमीएका हुन । उनको निर्वाचन क्षेत्र अन्तर्गत चितवनको क्षेत्र नं. २ क मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका वडाहरु नं. १, ३ र २९ पर्दछन ।